राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने ‘पार्वती’ पक्राउ • Image Khabar Image Khabar


राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने ‘पार्वती’ पक्राउ


Imagekhabar
२७ फाल्गुन २०७४, आईतवार १२:५०

राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने ‘पार्वती’ पक्राउ

कैलाली, फागुन २७ । कैलालीको घोडाघाडी नगरपालिका–५ देउकलीमा विहीबार राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन ।

सोही गाउँकी आफुलाई ‘पार्वती’ भनेर कुटपिटमा संलग्न भएको भन्दै किस्मती चौधरी (पार्वती)लाई प्रहरीले पक्राउ गरेको छ ।

देउकलीकै स्थानीय बासिन्दा २० वर्षीया किस्मति चौधरीले आफू पार्वती भएको भन्दै राधामाथि निर्घात कुटपिट गरेकी थिइन ।

रामबहादुर यसअघि नै पक्राउ परे पनि कस्मती फरार रहेकी थिइन । उनलाई ईलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएको छ ।

पक्राउ परेकी किस्मतीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले स्वास्थ्य परीक्षण गरी महिला सेलमा राखिएको छ ।

पक्राउ परेका दुबै रामबहादुर चौधरी र किस्मती चौधरीलाई आजै जिल्ला अदालतबाट म्यादथप गराई थप अनसुन्धान गरिने डिएसपी सागर बोहोराले बताए ।

प्रतिक्रिया दिनुहोस्