बोक्सीको आरोपमा कुटपिट भएको घटना मिलाउने प्रहरी निलम्बन, तीन आरोपीमाथि कारवाही • Image Khabar Image Khabar


बोक्सीको आरोपमा कुटपिट भएको घटना मिलाउने प्रहरी निलम्बन, तीन आरोपीमाथि कारवाही


Imagekhabar
२७ फाल्गुन २०७४, आईतवार १६:४३

बोक्सीको आरोपमा कुटपिट भएको घटना मिलाउने प्रहरी निलम्बन, तीन आरोपीमाथि कारवाही

निलम्बनमा पर्नेमा सुखडस्थित ईलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक दिनेश विष्ट रहेका छन् ।

विष्टलाई ७ नम्बर प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले जानकारी दिए ।

कुटपिट गर्ने रामबहादुर चौधरी र किस्मती चौधरीबिरुद्ध आइतबार मुद्दा दर्ता गरिएको छ भने थप एक जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार सोही घटनामा आरोपित २० वर्षीया स्मारिका चौधरी पक्राउ परेकी हुन् ।

यसअघि प्रहरीले रामबहादुर चौधरी र किम्मती चौधरीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्