दुई थान पेस्तोल र खुकुरीसहित इटहरीबाट एकजना पक्राउ • Image Khabar Image Khabar


दुई थान पेस्तोल र खुकुरीसहित इटहरीबाट एकजना पक्राउ


Imagekhabar
२८ फाल्गुन २०७४, सोमबार ०८:२०

दुई थान पेस्तोल र खुकुरीसहित इटहरीबाट एकजना पक्राउ

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–४ बालुवाटार घर भएका ३५ वर्षीय नवाङ पासाङ शेर्पालाई आइतबार हतियारसहित पक्राउ गरिएको हो ।

इटहरी उपमहानगरपालिका १६ मेजर टोलमा स्थानीयवासीहरुलाई हतियार देखाएर त्रसित बनाएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीको टोलीले उनलाई आइतबार अपरान्ह ३ बजे पक्राउ गरेको हो ।

प्रहरीले शेर्पाको झोलाबाट ‘मेड इन अमेरिका’ लेखिएको पेस्तोल दुई थान, गोली ४ राउण्ड, म्याग्जिन र १ थान खुकुरी, नगद एक लाख तीन हजार पाँच सय रुपैया, ६ थान एटिएम कार्ड र परिचयपत्र बरामद भएको जनाएको छ ।

शेर्पालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्