
आफूलाई मन परेका किशोरी र महिलालाई रोग निको पार्ने भन्दै १५ दिनसम्म आफैंसँग राख्ने गरेको खुलासा भएको हो ।
आफूले भनेको नमान्ने किशोरी र महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गर्ने र सामाजिक बेइज्जत गराउने कैलालीको घोडाघोडी नगरपालिका–५ का रामबहादुर चौधरीले आफ्नो पार्वती बनाएर सुख्खडकी एक युवतीलाई समेत राखेको खुलासा भएको छ ।
उनै युवतीमार्फत् रामबहादुरले महिला र किशोरीलाई उपचारका नाममा उनको घरसम्म पुर्याउने गरेका थिए ।
चटपटे र वदाम बेच्न छोडेर डेढ महिनादेखि स्वघोषित बाबा बनेका उनले गाउँ वरपर र आसपासका महिला र किशोरीहरुलाई रोग निको पार्ने वहानामा लामो समय आफैंसँग राखेर ‘पार्वती’ घोषणा गर्दै राख्ने गरेका थिए ।
आफूले भनेको अटेरी गरेमा वा नआएमा उनले बोक्सीको आरोप लगाउँदै सार्वजनिक रुपमा कुटपिट गर्दै दुर्व्यवहार गर्ने गरेको पीडितहरु बताउंछन् ।
रामबहादुरले आफूलाई भगवानको शक्ति आएको भन्दै थारु समुदायमा आफ्नो प्रभाव जमाउँदै महिला र किशोरीमाथि यौन दुव्र्यवहार गर्दै आएको स्थानीयको भनाई छ ।
उनले औषधि उपचारका नाममा नसालु पदार्थ खुवाउने गरेको आशंका पनि स्थानीयले गरेका छन् ।
राधा चौधरीमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनामा संलग्न भएकी किस्मतीले आफूले कुटेको बारेमा थाहा नपाएको बयानले पनि यसको पुष्टि भएको छ ।
रामबहादुरले आफू निकै शक्तिशाली व्यक्ति भएको भन्दै स्थानीयलाई प्रभावित पार्दै आएका थिए । कतिपयले उनको नियतमा शंका गरेर उनलाई त्यस किसिमको काम नगर्नसमेत सुझाव दिने गरेका थिए ।
तर आफूहरुले भनेको रामबहादुरले नसुन्ने र उल्टै थर्काउने गरेको उनीहरु बताउँछन् । भोलेबाबा भनिने रामबहादुर चौधरीमाथि अहिले कानुनी कारबाही सुरु भएको छ ।
दैवीशक्तिको त्रास देखाएर सोझासाझा नागरिकमाथि हुने सामाजिक अपराध नियन्त्रण गर्न स्वघोषित ‘भोलेबावा’ मात्र होइन, यस्ता घटनामा संलग्न अन्य व्यक्तिको समेत खोजी गरी कडा कारबाही गरिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्