
प्रहरीले फेसबुकमार्फत् फोटो संकलन गरी अश्लील फोटो र भिडियो बनाएर ब्ल्याकमेलिङ गर्ने नवलपुर जिल्ला स्थायी घर भइ हाल चितवनको भरतपुर, महानगरपालिका–१२, राधाकृष्णचोक बस्ने ‘सुबिन केसी’ भन्ने तीर्थ सापकोटालाई पक्राउ गरेको हो ।
पीडितको उजुरीको आधारमा सापकोटालाई प्रहरीले मंगलबार भरतपुरको हाकिमचोकबाट पक्राउ गरेको जनाएको छ ।
सापकोटाले विगत केही दिनदेखि महिला तथा युवतीहरुलाई फेसबुकमार्फत् साथी बनाइ फोटो संकलन गर्ने, अश्लील भिडियो बनाइ ब्ल्याकमेलिङ गरी रकम असुली गर्ने गरेको प्रहरीले जनाएको छ ।
उनले भरतपुर–२२, पटिहानी बस्ने एक युवतीलाई अश्लील फोटो बनाएर ब्ल्याकमेलिङ गरी गत माघमा ५० हजार रुपैयाँ लिएका थिए ।
पछि पुनः विभिन्न मोबाइल नम्बरमार्फत् फोन गरी अश्लील भिडियो सामाजिक सन्जालमा पोस्ट गरिदिने भन्दै तीन लाख रुपैयाँ माग गरेका थिए । तर, युवतीले थप पैसा नदिइ प्रहरीमा उजुरी गरेपछि सापकोटा समातिएका हुन् ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्