२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सुनचाँदी व्यवसायी मुखियाको हत्या व्यवसायी ‘देवको घरमा’, तीनजना समातिए


0
Shares

बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको शव भेटिएको भोलिपल्ट प्रहरीले उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएकामा बिर्तामोडको ऋद्धिसिद्धि ज्वेलर्सका सन्चालक पारसकुमार देव, सोही ज्वेलर्सका कामदार बिर्तामोड–८ का दीपेश पौडेल र बिर्तामोड–३ का चिरन्जीवी ओली रहेका छन् ।

उनीहरु तीनजना मिलेर मुखियाको हत्या गरेको प्रहरीले जनाएको छ ।

झापाका प्रहरी प्रमुख एसपी विष्णुबहादुर केसीले देवको घरमा मुखियालाई बाँधेर हत्या गरिएको अनुसन्धानकाक्रममा खुलेको बताए ।

प्रहरीकाअनुसार हत्यापछि उनको शवलाई भारतीय नम्बरको गाडीमा राखेर इलामको कोल्बुङ पुर्‍याइएको थियो ।

सुनचाँदी व्यवसायी संघ झापाका सदस्य मुखिया गत फागुन २० देखि बिर्तामोडबाट बेपत्ता भएका थिए । उनलाई सोही दिन मारिएको प्रहरीले जनाएको छ ।

मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित भीरमा फेलापरेको थियो । बोरामा बाँधेर फ्याँकिएको अवस्थामा उनको शव भेटिएको प्रहरी प्रमुख केसीले जानकारी दिए ।

प्रहरीले अभियुक्तका साथबाट गरगहना, मोबाइल र मे७प ८७५४ नम्बरको एउटा स्कुटी बरामद गरेको छ । मुखियाको हत्यापछि उनीहरुले ती गरगहना लुटेको प्रहरीको दाबी छ ।