प्यालेस्टिनी प्रधानमन्त्रीको सवारी लक्षित गरी आक्रमण • Image Khabar Image Khabar


प्यालेस्टिनी प्रधानमन्त्रीको सवारी लक्षित गरी आक्रमण


Imagekhabar
३० फाल्गुन २०७४, बुधबार ०९:०५

प्यालेस्टिनी प्रधानमन्त्रीको सवारी लक्षित गरी आक्रमण

प्रधानमन्त्री हमदुल्लाह भने सो हमलामा सुरक्षित रहन सफल भएको अधिकारीहरुले जनाएका छन् । सवारीमा सुरक्षा दिइरहेका केही सुरक्षाकर्मी भने हमलामा परी घाइते भएका छन् ।

सो हमलाको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन ।

प्यालेस्टाइनका अधिकारीहरुका अनुसार प्रधानमन्त्रीको हत्या गर्ने उद्देश्यले हमला भएको देखिन्छ । गाजा क्षेत्रमा प्रभाव बढाएको हमासले सो हमला गरेको हुन सक्ने उनीहरुको आशंका छ ।

हमासले भने सो हमलामा आफ्नो संलग्नता नरहेको जनाएको छ । हमासका प्रवक्ता फवजी बरहोमले हमलाको छानविन गरिने जनाएका छन् ।

राष्ट्रपति महमुद अब्बासले सो हमलाको निन्दा गरेका छन् । उनले प्यालेस्टाइनका नागरिकको स्वतन्त्रता हासिल गर्ने अधिकारलाई कुल्चने प्रयासस्वरुप हमला भएको प्रतिक्रिया जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्