अन्तरिक्ष सेना बनाउने ट्रम्पको प्रस्ताव • Image Khabar Image Khabar


अन्तरिक्ष सेना बनाउने ट्रम्पको प्रस्ताव


Imagekhabar
३० फाल्गुन २०७४, बुधबार २१:०२

अन्तरिक्ष सेना बनाउने ट्रम्पको प्रस्ताव

अमेरिकी सशस्त्र बलको नयाँ अंगकारुपमा ‘स्पेस फोर्स’ गठन हुने उनले स्पस्ट गरेका छन् ।

सान डियागोको एक म्यारिन कप्र्स् एअर स्टेसनमा सैनिक अधिकारीहरुलाई गरेको सम्बोधनकाक्रममा उनले यो प्रस्ताव गरेको बताइएको छ ।

उनले भने–‘अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिले यो कुरा स्वीकार गरिसकेको छ कि अन्तरिक्ष पनि युद्धको नयाँ स्थान हो, हवाई र जमिनजस्तै । हामीसँग हवाई सैन्य बल छ, अब अन्तरिक्ष सेना हुन्छ’–उनले भने ।

उनले अमेरिकालाई अब नयाँखालको सैन्य बलको आवश्यकता रहेकाले यो सैन्य बलको स्थापना गर्नुपर्ने बताए ।

‘अब अमेरिकाले अन्तरिक्षमा पनि नेतृत्व गर्नेछ’–उनले भने ।

राष्ट्रपति ट्रम्पले ‘जमिन, हवाई क्षेत्रमा त अमेरिकाले नेतृत्व गरेकै छ, अब अन्तरिक्षमा पनि विश्वको नेतृत्व गर्नेछ’–भने ।

राष्ट्रपति ट्रम्पले सो सम्बोधनकाक्रममा भने–‘मैले अमेरिकालाई राष्ट्रपति रोनाल्ड रेगनपछिकै सबैभन्दा ठूलो र शक्तिशाली सैन्य बल निर्माण र विकास गर्ने कुरा गर्दैछु ।’ रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्