१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


फिनल्यान्ड विश्वको सबैभन्दा ‘खुसी’ मुलुक


0
Shares

संयुक्त राष्ट्रसंघको वार्षिक ‘वर्ल्ड ह्यापिनेस’ रिपोर्टमा आप्रवासीहरुका लागि पनि फिनल्यान्ड सबैभन्दा खुसी मुलुक बनेको हो ।

करिब ५५ लाख जनसंख्या रहेको फिनल्यान्डमा सन् २०१६ मा ३ लाख विदेशी पर्यटक भ्रमणका लागि पुगेका थिए ।

उत्तरी युरोपेली मुलुकहरु सो सूचीको पाँचौ स्थानभित्र पर्न सफल भएका छन् ।

नेपाल सूचीको १०१औं स्थानमा रहेको छ ।

अफ्रिकी मुलुक बुरुन्डीले मध्य अफ्रिकी गणतन्त्रलाई पछि पार्दै सबैभन्दा दुःखी मुलुक बन्न पुगेको छ ।

युद्धले थिलोथियो बनेका र अफ्रिका सब सहारा क्षेत्रमा पर्ने मुलुकहरु भने सबैभन्दा दुःखी मुलुकको सूचीको अन्तिम पाँचमा लगातार कायमै छन् ।

सूचीमा १५६ ओटा मुलुकलाई खुसीका विभिन्न मापनबाट सूचीकृत गरिएको छ ।

यस वर्षको सूचीमा टोगोले सबैभन्दा बढी प्रगति गरी १७ स्थानमाथि उक्लिएको छ भने भेनेजुयला २० स्थान तल झर्दै खुसी मुलुकका १०२औं स्थानमा झरेको छ । (एजेन्सी)