१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मापसे गर्ने १५ लाखभन्दा बढी चालक कारवाहीमा, ३८३ चालक निलम्बनमा


0
Shares

महाशाखाले विसं २०६९ मंसिर २२ गतेदेखि हालसम्म उपत्यकामा विभिन्न समयमा मापसे गरी सवारी चलाउने चालकलाई कारबाही गरेको हो ।

जसमध्ये पहिलोपटक १२ लाख ३४९, दोस्रो २५ हजार ४६१, तेस्रो आठ हजार ३४१, चौंथो दुई हजार ९२६ र पाँचौंपटक एक हजार ४९ चालक कारबाहीमा परेका छन् । जसमध्ये ३८३ चालक निलम्बनमा परेका छन् ।

एउटै चालकले पाँच पटकसम्म मापसे गरेर छैँटो पटक पनि मापसेमा परे उसको सवारी अनुमतिपत्र (लाइसेन्स) निलम्बन हुने व्यवस्था छ ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले मापसे गरी सवारी चलाउदा दुर्घटनाका संख्या वृद्धि हुँदै गएकाले महाशाखाले मापसेमा कडाइ गरेको बताए । ‘उपत्यकाका साँघुरा सडक मापसे गरी सवारी चलाउँदा धेरै दुर्घटना भएको छ,’ उनले भने ।

महाशाखाले मापसे सेवन गरी सवारी चलाउनेलाई रु एक हजार जरिवाना र सडक सुरक्षासम्बन्धी प्रशिक्षण दिने व्यवस्था गरेको छ । (रासस)