
संघको शुक्रबार राजधानीमा सम्पन्न १७औं साधारणसभामा अध्यक्ष नारायणहरि खत्रीले दाना उद्योग आत्मनिर्भर रहेको भन्दै वैदेशिक लगानी ल्याउन नहुने जिकिर गरे ।
दाना उद्योगमा ८० अर्ब रुपैयाँको लगानी रहेको भन्दै उनले स्वदेशमा रहेको उद्योगको क्षमता दैनिक २७ सय टन रहेको जानकारी गराए ।
दाना उद्योगमा एक लाख १० हजारले प्रत्यक्ष रोजगारी पाएको र अप्रत्यक्षरुपमा दुई लाखले रोजगारी पाएको संघले जनाएको छ ।
पोल्ट्री व्यवसायले अर्थतन्त्रमा कुल ग्राहस्थ उत्पादनको करिब ४ प्रतिशत योगदान पुर्याएको संघले जनाएको छ ।
साधारणसभाले रविन पुरीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्