दीपक मनाङे अर्थात राजीव गुरुङलाई १९२ देशका प्रहरीले खोज्दै « Image Khabar


दीपक मनाङे अर्थात राजीव गुरुङलाई १९२ देशका प्रहरीले खोज्दै


Border circle
Imagekhabar

केही समययता प्रहरीको फरार सूचीमा रहेका मनाङे नेपाल बाहिर लुकेको सूचनाका आधारमा प्रहरीले रेड कर्नर नोटिस जारी गरेको हो ।

गुण्डा नाइकेको रुपमा चिनिएका गुरुङको नेपालभित्र मात्रै नभएर विदेशमासमेत खोजी भइरहेको प्रहरी प्रवक्ता डीआईजी मनोज नेउपानेले जानकारी दिए ।

मनाङे अब इन्टरपोल सदस्य १९२ देशको प्रहरीको खोजीमा परेका छन् ।

२०६९ साउन २८ गते तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योग मुद्दामा मनाङेलाई पाँच वर्ष कैद सजाय तोकेको थियो । लामो समय गुपचुप रहेको फैसला पाँच वर्षपछि गत माघ २ गते सार्वजनिक भएपछि प्रहरीले मनाङेको खोजी थालेको हो ।

२०६१ सालमा गुण्डा नाइके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङे समूहले चक्रे मिलनको हात छिनाएको थियो । सोही घटनाका आरोपी अन्य ४ जनालाई गत माघ २ गते सर्वोच्च अदालतले सफाइ दिएपछि मनाङेलाई पुनरावेदनले पहिल्यै ५ वर्षको कैद सजाय सुनाएको रहस्य बाहिर आएको थियो । यसअघि जिल्ला अदालत काठमाडौंको फैसलाबमोजिम मनाङे दुई वर्ष जेल बसिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्