२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सावधान ! फेसबुकबाट यसरी ठगिनुहोला (भिडियो)


0
Shares

तीमध्ये कतिपय प्रहरीको नियन्त्रणमा आएका छन् भने कतिपय निगरानीमा । कति त थाहै नपाई उम्किसकेको समेत पाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमूख प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीका अनुसार चेतनाको कमी र अनावश्यक विश्वासका कारण फेसबुकबाट नेपालीहरु ठगिने क्रम बढ्दै गएको छ ।

विभिन्न लोभमा परेर प्रतिव्यक्ति साठीहजारदेखि अस्सी लाखसम्म ठगिनेहरु रहेको पाइएको प्रहरीले जनाएको छ । ब्युरोमा परेका उजुरीका आधारमा भएको अनुसन्धानबाट यस्ता थुप्रै घटनाको खुलासा भएको छ र कतिपयमा दोषीहरु पक्राउसमेत परेका छन् ।

ठगी गरेको आरोपमा सिआईबीले भरत कार्की, सिमा गुरुङ, सुनिमाया गुरुङ, हिमा माझी, सन्तोष बस्नेत र टंकमाया कार्कीलाई पक्राउ गरी मुद्दासमेत चलाइसकेको छ । तर, कतिपय गिरोहका नाइके भारतमा रहेकोले पक्राउ गर्न अप्ठ्यारो परेको डीआइजी कार्की बताउँछन् ।

यस्ता घटना बढ्दै गएपछि प्रहरीले अपरिचित वा फेसबुकबाट मात्र परिचित व्यक्तिबाट यस्ता उपहार वा चिठ्ठा आदिको नाममा रकम मागिएमा प्रलोभनमा नपरी प्रहरीमा खवर गर्न आग्रह गरेको छ ।

भिडियो हेर्नुहोस्