१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


विमानको शौचालयभित्र यौनजन्य गतिविधिमा संलग्न जोडी रंगेहात पक्राउ


0
Shares

हालै गेटविक विमानस्थलबाट मेक्सिकोका लागि उडान भरेको भर्जिन एटलान्टिक विमानमा आपत्तिजनक अवस्थामा एक जोडीलाई नियन्त्रणमा लिइएको थियो । ती जोडीको परिचय भने खुलाइएको छैन ।

अधिकारीहरुका अनुसार ती जोडीबीच उडानकै क्रममा परिचय भएको हो । सुरुमा चुम्बन गरेर एक अर्कासँग नजिकिएका उनीहरु केहीबेरमै एक साथ विमानको शौचालयमा गएपछि अन्य यात्रुले शंका लागेर चालक दलका सदस्यलाई जानकारी दिएका थिए ।

चालक दलका तीन सदस्यले शौचालयको ढोका ढक्ढक्याएपछि उनीहरु दुवैलाई आपत्तिजनक अवस्थामा फेला पारिएको बताइएको छ ।

भर्जिन एटलान्टिक विमानले ती महिलालाई सदाका लागि आफ्नो विमानमा उडान गर्न रोक लगाएको छ । ती महिलाले मदिरापान गरेको पाइएको पनि अधिकारीहरुले जनाएका छन् ।

एक यात्रीका अनुसार ती महिलाले सुरुमा अन्य पुरुषसँगसमेत कुराकानी गरेकी थिइन् । तर पछि ती पुरुषसँग चुम्बन गरी केहीबेरमा शौचालय गएकी थिइन् । ती पुरुष पनि उनको पछिपछि गएको बताइएको छ ।

विमानमा यौनजन्य क्रियाकलाप गरेको आरोपमा दुवैमाथि कारवाही अघि बढाइएको बताइएको छ ।

चालक दलका सदस्यले ढोका खोल्न लगाएपछि शौचालयबाट बाहिरि निस्कने क्रममा पुरुषले ती महिला बिरामी रहेको बताएका थिए । तर एकापसमा अपरिचित रहेका दुवैजना किन र कसरी एकसाथ शौचालयभित्र बसेको भन्ने चालक दलका सदस्यको प्रश्न पनि उनी अनुत्तरित भएका थिए । (एजेन्सी)