ठूलो आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरिएका ११० मोटरसाइकल नियन्त्रणमा • Image Khabar Image Khabar


ठूलो आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरिएका ११० मोटरसाइकल नियन्त्रणमा


Imagekhabar
५ चैत्र २०७४, सोमबार ११:४१

ठूलो आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरिएका ११० मोटरसाइकल नियन्त्रणमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरुप परिवर्तन गरी ठूलो आवाज बनाएर गुडाउने ११० बुलेट मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठूलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने सवारीमाथि कारबाहीका लागि विशेष अभियान थालिएको जानकारी दिए । ‘ठूलो आवाज निकालेर सडक नै आफ्नो मात्र हो भन्दै हिँड्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएका हौँ,’ उनले भने ।

महाशाखाले यस्ता मोटरसाइकललाई अझै नियन्त्रणमा लिने जनाएको छ । महाशाखाले स्वरुप परिवर्तन गरेर सवारी चलाउनेलाई रु पाँच हजार जरिवाना गर्दै आएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्