
खाँडादेवी–६, माकादुम पन्नेचौरकी दीलबहादुर खत्रीकी जेठी श्रीमती २५ वर्षीया तारा केसीले श्रीमान् र सौताको रिसको झोकमा आफू बस्ने घरमा गएराति आगो लगाएकी हुन् ।
राती सुतिरहेका उनका ४ वर्षीय छोरा विपीन र २ वर्षीया छोरी रमिताको जलेर मृत्यु भएको हो ।
आगो लगाउने तारा पनि सामान्य घाइते भएकी छन् । श्रीमानले कान्छी श्रीमती ल्याएपछि तारा छुट्टै बस्दै आएकी थिइन् ।
आगो लगाउने तारा र उनको श्रीमान् दिलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्