२ असार २०८२, सोमबार | Mon Jun 16 2025


बिदाका दिन गुडाउँदा नियन्त्रणमा लिइएका सरकारी गाडी त्यसै छाडिए


0
Shares

मन्त्रालयले अभियानकै रूपमा शनिबार चलाइएका ८२ वटा सरकारी सावरीसाधन नियन्त्रणमा लिएको थियो । तर, कारबाही गर्न स्पष्ट कानुन नभएको भन्दै आइतबार नै छाडेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्रका विभिन्न स्थानबाट ती सरकारी सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले नियन्त्रणमा लिइएका सवारीसाधन विनाकारबाही छाडिएको बताए । उनले भने, ‘शनिबार ८२ सवारीसाधन नियन्त्रणमा लियौँ, २४ घन्टासम्म होल्ड गर्‍यौँ । तर, भोलिपल्ट सबै सवारीसाधन त्यतिकै छाडिदियौँ ।’

उनका अनुसार त्यसरी सञ्चालन हुने सवारीलाई कारबाही गर्न स्पष्ट कानुन छैन, न त निर्देशिका नै बनेको छ । –नयाँ पत्रिका दैनिकबाट