
रौतहट, चैत ६ । रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझपुल कटहरिया सडक खण्डको महम्मदपुर लक्ष्मिपुरमा डिभिजन सडक कार्यालयको स्काईभेटरमा आगजनी भएको हो ।
आगजनी भएको घटनामा संलग्न रहेको आशका प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
यसैबीच रौतहटको कटहरिया नगरपालिका–८ स्थित एक इँटाभट्टामा कार्यरत मजदुरमाथी गोली प्रहार भएको छ ।
अज्ञात समूहले पिप्रापोखरियामा टोलमा रहेको नेम इँटा भट्टामा कार्यरत गरुडा नगरपालिका–५ का ५० बर्षिय राम आशिष यादवलाई गएराति गोली हानेर घाइते बनाएको हो ।
ढाडमा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोबिन्द थापाले जानकारी दिए ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सोही भट्टामा कार्यरत केही मजदुरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्