
१३औं राष्ट्रिय जनकंग्रेसलाई सम्बोधन गर्नेक्रममा राष्ट्रपति सीले ताइवान वा हङकङको स्वतन्त्रताको समर्थन गर्नेहरुलाई चेतावनी दिँदै चीनको एक इन्च पनि भू-भाग नछाडने पनि स्पस्ट पारे ।
चीनमा सन् १९४९ मा कम्युनिष्ट सरकार स्थापना भएपछि ताइवानमा स्वतन्त्र सरकार रहँदै आएको छ । चीनले भने ताइवानलाई छुट्टै देश वा भू–भाग मान्न अस्वीकार गर्दै आएको छ ।
राष्ट्रपति सीले चिनियाँ नेताहरुलाई जनताको अधिकतम् हीतमा काम गर्नसमेत निर्देशन दिएका छन् ।
हालै संशोधन गरिएको चीनको संविधानले राष्ट्रपति सीलाई आजीवन राष्ट्रपति रहने बाटोसमेत खुला गरिदिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्