अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास थाल्ने • Image Khabar Image Khabar


अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास थाल्ने


Imagekhabar
७ चैत्र २०७४, बुधबार ०७:०९

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास थाल्ने

काठमाडौं, चैत ७ । अमेरिका र दक्षिण कोरियाले आगामी अप्रिलमा संयुक्त सैन्य अभ्यास थाल्ने भएका छन् ।

उत्तर कोरिया, अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्धमा केही हदसम्म सुधार आउन सक्ने आंकलन भइरहेकै बेला अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरेका हुन्. ।

सैन्य अभ्यासमा तीन लाख भन्दा बढी सैनिकले भाग लिने छन् ।

यद्यपि, दुबै देशले भने उत्तर कोरियाबिरुद्ध कुनै कारबाहीका लागि यो अभ्यास हुन नलागेको प्रष्ट्याएका छन् ।

गत मार्चमा सुरु गर्ने भनिएको अभ्यास शीतकालीन ओलम्पिकको आयोजना र उत्तर कोरियाको नरम नीतिका कारण पर सारिएको हो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनले गरेको निमन्त्रणा स्वीकारेका छन् ।

अमेरिकासँगको सम्बन्ध सुधार्नका लागि उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिसँग भेट गर्ने निर्णय गरेका अनुमान गरिएको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्