
राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीकाअनुसार उनले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिएका हुन् ।
बुधबार उनले आफ्नो पदबाट राजीनामा दिएको म्यानमारका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
म्यानमारको राष्ट्रपति कार्यालयका निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी दिए ।
त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले नै कार्यबाहक राष्ट्रपतिका रुपमा काम गर्ने जनाइएको छ ।
म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित भएका थिए । उनले अस्वस्थताका कारण आराम गर्न आफ्नो पदबाट राजीनामा दिएको जनाइएको छ । (रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस्