म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा • Image Khabar Image Khabar


म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा


Imagekhabar
७ चैत्र २०७४, बुधबार १५:४७

म्यानमारका राष्ट्रपतिद्वारा राजीनामा

राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीले उनले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिएको जनाएका छन् ।

बुधबार उनले आफ्नो पदबाट राजीनामा दिएको म्यानमारका सन्चारमाध्यमहरुले जानकारी जनाएका छन् ।

म्यानमारको राष्ट्रपति कार्यालयका एकजना निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी दिए ।

त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले नै कार्यवाहक राष्ट्रपतिकारुपमा काम गर्ने जनाइएको छ ।

म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित भएका थिए । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्