
गढवा गाउँपालिकाको कोइलाबासदेखि खबरी नाकातर्फ अहिले ट्रयाक खोल्ने काम भइरहेको छ भने राजपुर गाउँपालिकाको खग्राँ, सुनपत्री, गौरीया लगायतका नाकामा सडक निर्माणको काम सुरु हुन लागेको छ ।
सीमा क्षेत्र विकास कार्यक्रम तर्फबाट दुवै गाउँपालिकामा ८०÷८० लाखभन्दा बढि रकम लगानी भइरहेको छ । गाउँपालिका आफैंले पनि छुट्टै रकम विनियोजन गरेर सीमा क्षेत्रमा सडक निर्माण गर्न लागेको सम्बन्धित क्षेत्रका वडा अध्यक्षहरुले जानकारी दिएका छन् ।
दाङ जिल्लामा भारतसँग सीमा जोडिएका अधिकांश नाकामा नेपाल तर्फबाट यातायातका साधन पुग्ने सडक छैन । अहिलेसम्म कोइलाबास नाकामा मात्रै ८ महिना यातायात सञ्चालन हुने गरेको छ । ती सबै नाकामा भारततर्फबाट भने यातायातका साधन सजिलै पुग्न सक्छन् ।
सीमा नाकाहरु देशभित्रका सडक सञ्जालसँग नजोडिदा त्यहाँका बासिन्दाको दैनिकी भारतीय बजारमै निर्भर छ भने सुरक्षाको दृष्टिले पनि ती क्षेत्र जोखिममा छन् । कोइलाबासमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले पैदल गस्तीबाटै ८३ किलोमिटरका ३३ नाकामा सुरक्षा प्रदान गरिरहेको जनाएको छ ।
सडक नहुँदा पैदल गस्तीबाट सीमाबासीहरुलाई सुरक्षा प्रदान गर्दै आएको कोईलाबास सीमा सुरक्षा बलका प्रमुख सशस्त्र प्रहरी निरीक्षक ईश्वर डिसीले जानकारी दिए ।
सडक निर्माण भएपछि सवारी आवातजावत हुने र दैनिकीमा सहज हुने स्थानीयको अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस्