
प्रधानमन्त्री ओलीले कार्यक्रममा प्रमुख अतिथिकोरुपमा पुगेको बेला सबैका सामुन्ने क्यानभासमा चित्र कोरेका हुन् ।
महिला उद्यमी व्यापार मेलामा ख्यालख्यालमै कोरिएको सो चित्र कलाकारिताको दृष्टिले जुन स्तरको भएपनि मेलामा भने आकर्षणको केन्द्र बनेको छ ।
क्यानभासमा रङ भरेर हिन्दू नेपाली महिलाको आकृतिमा तयार पारिएको चित्रलाई दर्शकहरुले आ–आफ्नै किसिमले अथ्र्याएका छन् ।
मेलामा पुगेकी कलाकार अश्मीना रन्जित पनि सो चित्रको कलाकारिताभन्दा पनि प्रधानमन्त्रीले नारीप्रतिको आफ्नो दृष्टिकोणलाई कलामा अभिव्यक्त गरेको अर्थमा बुझ्दा राम्रै लागेको प्रतिक्रिया दिइन् ।
मेलाका आयोजक पनि सो चित्रको चर्चा देखेर दङ छन् ।
आगामी सोमबारसम्म चल्ने ७४ ओटा स्टल रहेको मेलामा नेपाली महिलाका साथै सार्क क्षेत्रका महिलाहरुले उत्पादन गरेका कृषिजन्य पदार्थ, खाद्यवस्तु र हस्तकलाका सामानहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्