
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले उकालो लागेर तोलाको ५८ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बिहीबार पनि तोलामा ५०० ले उकालो लागेर तोलाको ५७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य भने तोलाको ७४५ रुपैयाँमै स्थीर रह्यो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंन्स १३ सय ४७ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्