Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


दैवीविपत्ति न्यूनीकरणबारे नेपाल–जापान समझदारी


0
Shares

सो समझदारीअनुसार नेपाल र जापानका ती संस्था मिलेर संयुक्तरुपमा दैवी प्रकोप वा विपत्ति भएको अवस्थामा तत्काल अस्थायी शिविर स्थापना गर्ने तथा व्यवस्थापकीय तथा अन्य शैक्षिक अभियान सन्चालन हुनेछ ।

इभेन्ट्स एन्ड भेन्यु एसोसियसन अफ नेपालका उपाध्यक्ष शिवभक्त रन्जितले जापानमा पटक–पटक जाने भूकम्पजस्ता दैवीविपत्तिका बेला हुने उद्धार कार्यक्रम तथा पुनःस्थापनाको अनुभव नेपालका लागि उपयोगी हुने बताए ।

नेपाल इमर्जेन्सी सेल्टर एन्ड डिजास्टर प्रिभेन्सन एजुकेसन एड जापानका प्रमुख निर्देशक ताकेमित्सु मोनिताले वि.सं. २०७२ को भूकम्पबाट प्रभावितको पुनःस्थापनाका लागि जापानमा भएको दैवीविपत्तिका बेलाको व्यवस्थापन कार्यको अनुभव आदान–प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम गरेको जानकारी दिए ।

नेपाल चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत कैलाश बजिमयले नेपाल र जापानबीचको सहकार्य विपत्का बेला उपयोगी हुनसक्ने बताए ।

कार्यक्रममा जापानमा भूकम्प, बाढीजस्ता दैवीविपत्तिका बेला विद्यालय खाली गर्ने, भवनको पुनःनिर्माण गर्ने, राहत वितरण तथा पुनःस्थापना कार्यक्रमको संक्षेपीकरण देखाइएको थियो । रासस