३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


उत्तम महर्जन बने चेज “बूदिंया भिंतुना गीतका उत्कृष्ट कभर गायक


0
Shares

काठमाडौं, चैत १० । पेजथ्री पाक्षिकको आयोजनामा चेज बूदिंया भिंतुना म्ये कासा (चेज बूदिंया भिंतुना –जन्मदिनको गीत, कभर प्रतियोगिता उत्तम महर्जनले जितेका छन् ।

१२१ प्रतिस्पर्धीको सहभागिता रहेको प्रतियोगिता जितेका महर्जनले २४ इन्चको चेज लिड टिभी, आर्टोम्यूज रेकर्डिङ स्टुडियोको तर्फबाट सुरजवीर बज्राचार्यको रचना र जुगल डंगोलको संगीत र संगीत संयोजनय् नेपालभाषाको एउटा गीत रेकर्डिङ, तथा एउटा म्यूजिक भिडियो निर्माणको पुरस्कार प्रदान गरिएको छ । म्यूजिक भिडियो निर्माण प्रसिद्ध क्यामेरापर्सन मनोजरत्न शाहीले गर्नेछन् ।

गीत रेकर्डिङको पुरस्कार जित्ने टप ५ मा परेको अन्य ४ विजेताहरु परमेश मल्ल, सुमन मानन्धर, रविनसन कंसाकार र मुकेश शाक्य हुन् ।

विजेताहरुलाई आर्टोम्यूज रेकर्डिङ स्टुडियोले जुगल डगोलको संगीत र संगीत संयोजनमा नेपालभाषाको गीत रेकर्ड गरिदिनेछ जुन गीतका रचनाकारहरु प्रकाश दीप, पूर्णकाजी ज्यापु, हरिराम महर्जन थेच्वमि र दर्शनवीर शाक्य रहेका छन् ।

टप ५ मा पर्न सफल सुमन मानन्धरले सबैभन्दा बढी भ्यूज प्राप्त गरी २४ इन्चको चेज लिड टेलिभिजन पुरस्कार समेत जितेकी छिन् ।

पौष १ गतेदेखि शुरु भएको प्रतियोगितामा सामाजिक संजाल फेसबुकमार्फत माघ ८ गते राति १२ बजेसम्म गीत दर्ताको लागि समय उपलब्ध गराइएको थियो । यो अवधिमा १२१ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो भने सबैभन्दा बढी भ्यूज रहेको सुमन मानन्धरको भिडियो त्यो अवधिसम्म ७७,८१७ पटक हेरिएको थियो ।

पुरस्कार घोषणा तथा वितरणको उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा पेजथ्री साँझको रौनक पनि रहेको थियो ।

राष्ट्रिय नाचघरमा आयोजित उक्त समारोहमा वरिष्ठ गायक जुजुकाजी रंजित, नीशा देसार, सतिष महर्जन, सरीता शाही, दीपा महर्जन, रत्नशोभा महर्जन, सानुबाबु महर्जन, सुरज ब्यञ्जनकार, भूपेन्द्र बज्राचार्य, रोजी डंगोल श्रेष्ठ, पूर्णकाजी ज्यापु, रीता महर्जन, विरज महर्जनले गीत प्रस्तुत गरेका थिए भने आराध्यलक्ष्मी खड्गी, मिनर्वा शर्मा राजोपाध्याय, राजन शाही, रजनी खड्गीले नृत्य प्रस्तुत गरेका थिए ।

यस कार्यक्रममा रेडियो र टेलिभिजनका ख्याति प्राप्त संचारकर्मीहरु श्रीकृष्ण महर्जन, प्रतिसरा साय्मि, विराजकाजी राजोपाध्याय, सुरेन्द्र मानन्धर र समूह, रामकृष्ण खड्गी र समूह, पवित्र कसाः, मीना बज्राचार्य, केके मानन्धर लगायतले उद्घोषण गरेका थिए भने कलाकार रुपेन्द्र थक्वाःले मेमिक्री प्रस्तुत गरेका थिए ।

को-को थिए सहभागी ?

मंगलधूनमा सुरजवीर बज्राचार्यको रचना र गायनमा जुगल डंगोलको संगीत र संगीत संयोजनमा बूदिंया भिंतुना म्ये (जन्मदिनको शुभकामना) गाएर सहभागी भएका सजगता मानन्धर (५ बर्ष), सुविन्या डंगोल (५ बर्ष), सार्थक नकःमि (६ बर्ष), दिक्षा शाक्य (६ बर्ष) , तिमिलाजः महर्जन (६ बर्ष), सजेना चित्रकार (७ बर्ष), लुँस्वां मानन्धर (७ बर्ष), आलोक महर्जन (८ बर्ष), सरिना श्रेष्ठ (८ बर्ष), अनुष्का महर्जन (८ बर्ष), देशना देशार (८ बर्ष), प्रतिज्ञा बज्राचार्य (९ बर्ष), प्रतिष्ठा बज्राचार्य (९ बर्ष), रक्षा महर्जन (९ बर्ष), इशिका महर्जन (९ बर्ष), आकृति महर्जन (९ बर्ष), आकृति (झल्झली) महर्जन (९ बर्ष), बिधान तुलाधर (१० बर्ष), सचेतना मानन्धर (१३ बर्ष), प्राप्ति मानन्धर (१३ बर्ष), रबिनसन कसाः, अमोघबीर बज्राचार्य, भुपेन शाक्य, बन्धुदत्त बज्राचार्य, चन्द्र देबी शाक्य, बीरेन्द्रमान शाक्य, विनय राजोपाध्याय, हेमरत्न शाक्य, चिधिबाबु शाक्य, ज्याक महर्जन, किर्तिसुदन जोशी, निरोज महर्जन, मन्जिल शाक्य, प्रतिमा बज्राचार्य, पुष्परत्न बज्राचार्य, राजिव योगल श्रेष्ठ, रमेश महर्जन, रत्नसम्भव शाक्य, रत्नशोभा बज्राचार्य, ताराराम मुनकर्मी, सुरेन्द्रराज बज्राचार्य, राजु बज्राचार्य, सुमन मानन्धर, सुबि श्रेष्ठ, रमा महर्जन, लोकराज बज्राचार्य, रुपा श्रेष्ठ न्यांछ्‌यों, सबिन डंगोल, बिगेन तुलाधर, न्युइराष्मी बज्राचार्य, सेटिस्फाई महर्जन, ज्ञानेन्द्र राज बज्राचार्य, बिपिन शाक्य, रेश्मा शाक्य, लजना मानन्धर, राजेन्द्र बज्राचार्य, बिजयकुमार श्रेष्ठ, दिपेश महर्जन, अमिता महर्जन ‘लूमिला’, ऋतु तण्डुकार रोविनशन, राजु बज्राचार्य (दथुलँ शंखमुल), श्रीजना शाक्य, सबना बज्राचार्य, शुशिला मानन्धर, मिनर्वा राजोपाध्याय, पुष्पराज शाक्य, पुष्प मानन्धर, दया बज्राचार्य, शारदा श्रेष्ठ, सुमन (सिद) मानन्धर, जयन्द्र ताम्राकार, सन्जिव शाक्य, रेइना महर्जन, हरिकृष्ण महर्जन, तोषण शाक्य, नदिम शाक्य, रोशन श्रेष्ठ, शर्मिला शर्मा राजोपाध्याय, अनिल तुलाधर, राजेश्वरी राजोपाध्याय, मणिका शर्मा राजोपाध्याय, उजं शाक्य, कल्पना श्रेष्ठ, रमिता बज्राचार्य, उत्तम महर्जन, मैयाँ बज्राचार्य, पारस बज्राचार्य, कुशुम शाक्य, वीरेन्द्र बज्राचार्य, रिया (सजना) शाक्य, विश्वराज लवट, रेश्मा शाक्य (हःखा, ललितपुर), गीता सिख्राकार, मुकेश शाक्य, कृष्ण महर्जन, निर्मला शाक्य, प्रविन शाक्य, गंगादेवी महर्जन, नविन थेच्वमि, सुदीज बज्राचार्य, उजय शाही, रोजी बज्राचार्य, अनिषा श्रेष्ठ, किरण चित्रकार, पूर्णकुमार अवाले, आशाराम महर्जन, रत्नमान महर्जन, भूवनराज शाक्य, शुशिला श्रेष्ठ, निशान्त श्रेष्ठ, बिन्दुलाल जोशी, रमा बज्राचार्य, निर्मल महर्जन, प्रदिप बज्राचार्य, केशरी बज्राचार्य, न्हुच्छेराज शाक्य, पूर्ण शाक्य, सुमित्रा महर्जन, राजु शाक्य, परमेश मल्ल, राजेश महर्जन नेवाः रहेका छन् । यो समूहमा बाल गायक गायिकाहरु २० जना रहेका छन् ।

प्रतिस्पर्धामा समावेश नभएको सबैभन्दा कान्छो गायक ३ बर्षीय अपूर्व राजोपाध्याय, सुप्रिया राजभण्डारीलाई पनि उपचार प्रदान गरिएको थियो । गोल्मा कम्पनी प्रा.लि.को उत्पादन चेज लिड टिभी, आर्टोम्यूज रेकर्डिङ स्टुडियोको सहयोगमा पेजथ्री पाक्षिकले यो प्रतिस्पर्धा आयोजना गरेको हो ।

सुरजवीरले ल्याए नेपालभाषाको ‘दोहलपा’

suraj

यही अवसर पारेर पत्रकार समेत रहेका सुरजवीर बज्राचार्यले आफ्नो पहिलो एकल गीति संग्रह ‘दोहलपा’ सार्वजनिक गरेका छन् ।

गरिष्ठ संगीतकार अमरराज शर्माले उक्त समारोहमा नेपालभाषाको गीति संग्रह ‘दोहलपा’ (उपहार) सार्वजनिक गरेका हुन् । संग्रहमा वरिष्ठ संगीतकार शर्माकै रचना र संगीतमा ‘तसकं यःम्ह’ गीत पहिलो स्थानमा राखिएको छ ।

यही गीतले सुरजवीरले निभाः म्ये धेधेबल्ला कासा (गायन प्रतियोगिता) मा सर्वोत्कृष्ट गायकको पुरस्कार दिलाएको थियो ।

त्यसरी नै गायक स्वयंको शब्दमा हिपहप ‘नेवाः अधिकार’, प्रसिद्ध गितारवादक फिरोज बज्राचार्यको संगीतमा ‘आः जिं लिफः स्वयाः’, धर्मकृष्ण सिकर्मीको शब्द र संगीतमा ‘म्हगसय् वयाः’ तथा द्वारिकालाल जोशीको शब्द र संगीतमा ज्ञानेश्वर निभाःले गाउनु भएको ‘अय् लमि तता’ समेत सुरजवीरको आवाजमा यस संग्रहमा संग्रहित छ ।

यस संग्रहमा गायकका विभिन्न संग्रहमार्फत बजारमा आएका लोकप्रिय गीतहरु ‘का रे मय्जु छसलिं अय्ला’, ‘मस्यू जितः छु जुयाः वल’, ‘मतिनाया छपौ’, ‘छंत गुबलें खंगु मदुसां’, ‘जि सिँपय् द्यनाच्वना’, ‘बरसेजू बरसात सुपाँय्’ तथा ग्यानापु स्टाइल संग्रहित छ ।