Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


भूमि आयोग खारेजको विरोधमा एमालेमा आवद्ध किसान महासंघ सडक प्रदर्शनमा


1.3k
Shares

काठमाडाैं। सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेकोमा आपत्ति जनाउँदै आएको नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले काठमाडौंमा विरोध प्रदर्शन शुरु गरेको छ ।

काठमाडौंमा तीनकुनेमा मंगलबार अपरान्ह महासंघको आह्वानमा विरोध प्रदर्शनसहितको कोणसभा आयोजना गरिएको हो । सोही सभामा बोल्दै महासंघका अध्यक्ष डा. प्रेम दंगालले आयोग सरकारले तत्काल पुनःस्थापना नगरे आन्दोलनको आँधिबेहरी सिर्जना गर्ने चेतावनी दिनुभयो । उहाँले गरिब किसानको हितमा स्थापना गरिएको सो आयोग खारेज गरेपछि आफूहरु सडक आन्दोलनमा जानुपरेको पनि स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो,-‘अहिले विघटन गरिएको भूमि समस्या समाधान अयोग अविलम्ब पुनस्थापना गर । तिम्रो निर्णय अविलम्व खारेज गर । अन्यथा हामी सडक आइसकेका छौं । सरकारले राम्ररी सुने हुन्छ अखिल नेपाल किसान महासंघले आफ्ना ५ लाख सदस्यहरु उर्ताछ । र देशव्यापी आन्दोलन गरेर हामी त्यसको आँधिबेहरी सृष्टि गरेर यो निर्णय कुनै पनि हालतमा फिर्ता गराउनेछौं ।’

उनीहरुले साेही प्रदर्शनीमा सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।