Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


इजरायलले विपिनको शव डीएनए परीक्षणपछि मात्रै परिवारलाई बुझाउने


1k
Shares

काठमाडाैं । हमासले अन्ततः दुई वर्षदेखि हमासको कब्जामा रहेको भनिएका नेपाली युवा विपिन जोशीको शव इजरायली सरकारलाई हस्तान्तरण गरेको छ।

इजरायल र हमासबीच भएको सम्झाैता अनुसार हमासले सोमबार आफ्नो कब्जामा रहेका २० जना जीवित बन्धकलाई रिहा गरेल गत्तै २८ वटा शव पनि हस्तान्तरण गरेको हो । बुझाइएका शवहरुमा मध्ये नेपाली युवा विपिनको पनि नाम रहेको छ । शवको डीएनए परीक्षण पछि मात्रै इजरायलले विपिनको शव परिवारलाई बुझाउने बुझिएको छ ।

हमासले सोमबार कञ्चनपुरका २४ वर्षीय विद्यार्थी विपिनको शव इजरायल सरकारलाई हस्तानतरण गरेको छ । इजरायल र हमासबीच भएको युद्धविराम अनुसार पहिलो चरणमै हमासको कब्जामा रहेका ४८ जना बन्धक रिहा गरिने खबरले दिएको खुशी विपिन मारिएको खबरले पलभरमा विस्मातमा बदलिदिएको छ ।

२ वर्षसम्म कुनै बेला विपिनको अवस्था सार्वजनिक हुने आशामा रहेका सारा नेपालीमा उनको नाम जीवित बन्धकमा रहेको र रिहाको सूचीमा परेको समाचारले उनको आयुको शुभकामना दिने सबैको आखामा आसुको धारा बगाइदिएको छ । इजरायलस्थित नेपाली राजदुत धनप्रसाद पण्डितले विपिनको शव इजरायली आर्मीलाई हस्तान्तर भइसकेको र विपिनको शव भएको एकिन भएपछि सबन्धित पक्षले शव बुझ्ने जानकारी दिनुभयो।

यसअघि शव हमासले इजरायललाई हस्तानतरण गरेको शवमा त्रुटी भएको हुनाले विपिनको डीएनए परीक्षण पछि मात्रै शव काठमाडाैंमा बुझाइने राजदूत पण्डितले बताउनुभयो । इजरायलको अबु कबिरमा रहेको ‘नेशनल इन्स्टिच्यूट अफ फरेन्सिक मेडिसिन’मा विपिनसहित ४ जनाको शव पोष्टमार्टम तथा डीएनए परीक्षणको लागि राखिएको छ।

विपिनको परिवारको डिएनए नमुना यसअघि नै संकलन गरिसकिएको छ । दुई वर्ष भन्दा बढी समयदेखि अज्ञात रहेको विपिनको बन्धक अवस्थामै निधन भएको खबर साेमबार मात्रै पुष्टि भएको हो । कृषि प्रविधि पढ्न इजरायल गएका विपिन सन् २०२३ अक्टोबर ७ तारिखमा गाजा नजिकैको किबुत्ज अलुमिमबाट अपहरणमा परेका थिए ।

साेही घटनामा १० जना नेपाली विद्यार्थीसहित १२ सय भन्दा बढीले ज्यान गुमाएका थिए ।