लालु यादवलाई सात वर्षको जेल सजाय • Image Khabar Image Khabar


लालु यादवलाई सात वर्षको जेल सजाय


Imagekhabar
१० चैत्र २०७४, शनिबार १५:१९

लालु यादवलाई सात वर्षको जेल सजाय

राँचीको विशेष अदालतले लालुलाई दोषी ठहर गर्दै ३० लाख भारतीय रुपैयाँ जरिवानासमेत तोकेको छ ।

यस कान्डमा जोडिएका मुद्दाहरुमा लालुविरुद्धको यो सबैभन्दा ठूलो सजाय हो ।

पशुदाना घोटालाकान्ड सन् १९९० को दशकमा सार्वजनिक भएको थियो । त्यसबेला लालु बिहारका मुख्यमन्त्री थिए ।

सन् १९९५ देखि जनवरी १९९६ बीच राज्य कोषबाट ३ करोड १३ लाख भारु घोटाला भएको थियो । यो मुद्दामा लालुसहित ३१ आरोपित थिए ।

पशुदाना घोटालाकान्डमा दोषी ठहरिएपछि लालु चुनावमा उठ्न नपाउने भएका छन् ।

सन् २०१३ मा पहिलोपटक यस कान्डमा लालु दोषी पाइएका थिए र पाँच वर्षको जेल सजाय सुनाइएको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्