
प्राधिकरणले दूधकोसी, तमोर, माथिल्लो अरुण, उत्तरगंगा र आँधीखोलाजस्ता ठूला क्षमताका आयोजना अध्ययन प्रक्रिया अगाडि बढाएको हो ।
ती आयोजनामध्ये केहीको प्रारम्भिक अध्ययन सकिइसकेको छ भने केहीको जारी रहेको छ ।
प्राधिकरणले अरुण नदीमा आयोजनास्थल रहेको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि चिनियाँ ठेकेदार कम्पनी छनोट गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्