२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


क्याटलोनियाका पूर्वनेता पुज्डमोन जर्मनीमा पक्राउ


0
Shares

बेल्जियमतर्फ जानेक्रममा डेनमार्कको सीमा पार गरेपछि उनलाई हिरासतमा लिइएको उनका वकिलले जनाएका छन् । उनी गत बिहीारदेखि फिनल्यान्ड भ्रमणमा थिए ।

स्पेनमा राज्यद्रोह गरेको आरोपमा पुज्डमोन खोजीको सूचीमा थिए । गत अक्टोबरमा स्पेनबाट क्याटलोनिया अलग हुने पक्षमा जनमतसंग्रह गराएयता पुज्डमोन बेल्जियममा स्वनिर्वासनमा थिए ।

उनीविरुद्धको आरोप प्रमाणित भए उनलाई ३० वर्षसम्मको जेल सजाय हुन सक्नेछ । स्पेनले उक्त जनमतसंग्रहलाई अस्वीकार गरेको थियो ।

जनमतसंग्रहपछि मड्रिड सरकारले क्याटलान क्षेत्रीय संसदलाई बर्खास्त गर्दै प्रत्यक्ष शासन लागू गरेको थियो ।

त्यहाँ नयाँ चुनाव गराइएको थियो । तर, स्वतन्त्रता पक्षधर दलहरूले झिनो अन्तरले जितेका थिए ।

क्याटलोनियाको नयाँ प्रमुखका लागि चयन गरिएका उम्मेदवार पक्राउ परेपछि नयाँ प्रमुख चुन्ने योजनालाई पृथकतावादी नेताहरुले त्यागिदिएका छन् ।

शुक्रबारमात्र जोर्डी टुरुल्यासहित अरु पाँचजना पृथकतावादी नेताहरू पक्राउ परेका थिए । उनीहरु पक्राउको विरोधमा बार्सिलोनामा प्रदर्शन भएको थियो । (एजेन्सी)