
प्रदर्शनकाक्रममा प्रहरीसँगको भएको झडपमा कम्तीमा ८९ जना घाइते भएका छन् । चारजनालाई पक्राउ गरिएको छ ।
बेल्जियमतर्फ जानेक्रममा डेनमार्कको सीमा पार गरेपछि पुज्डमोन युरोपियन पक्राउ पुर्जीका आधारमा पक्राउ परेका हुन् । उनी गत बिहीबारदेखि फिनल्यान्ड भ्रमणमा थिए ।
स्पेनमा राज्यद्रोह गरेको आरोपमा पुज्डमोन खोजीको सूचीमा थिए । गत अक्टोबरमा स्पेनबाट क्याटलोनिया अलग हुने पक्षमा जनमतसंग्रह गराएयता पुज्डमोन बेल्जियममा स्वनिर्वासनमा थिए ।
उनीविरुद्धको आरोप प्रमाणित भए उनलाई ३० वर्षसम्मको जेल सजाय हुन सक्नेछ ।
स्पेनले उक्त जनमतसंग्रहलाई अस्वीकार गरेको थियो । जनमतसंग्रहपछि मड्रिड सरकारले क्याटलान क्षेत्रीय संसदलाई बर्खास्त गर्दै प्रत्यक्ष शासन लागू गरेको थियो ।
त्यहाँ नयाँ चुनाव गराइएको थियो । तर, स्वतन्त्रता पक्षधर दलहरूले झिनो अन्तरले जितेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्