चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन : प्रधानमन्त्री ओली • Image Khabar Image Khabar


चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन : प्रधानमन्त्री ओली


Imagekhabar
१२ चैत्र २०७४, सोमबार १७:०८

चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन : प्रधानमन्त्री ओली

नेपाल–चीन सम्बन्धबारे लेखिएको पुस्तकको सोमबार राजधानीमा विमोचन गर्दै उनले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र सहयोगी छिमेकीको भूमिका निर्वाह गरेको बताए ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन र नेपालको सम्बन्ध अझ विस्तार प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।

यस्तै, नेपाली कांग्रेसकी नेत्री सुजता कोइरालाले नेपाल र चीनको सम्बन्ध सधैं मजबुत् र दीगो हुनुपर्ने बताइन् ।

नेपालका लागि चीनका राजदूत यु हङले नेपाल चीनको राम्रो छिमेकी र राम्रो साथीसमेत भएको बताइन् ।

अन्तर्राष्ट्रिय सरोकार केन्द्रले निकालेको उक्त पुस्तकमा पूर्वमन्त्री, प्रोफेसर र विभिन्न क्षेत्रका विज्ञहरुले नेपाल–चीन सम्बन्धका विविध आयाम सम्बन्धमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्