Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


सुनचाँदीको मूल्य आज पनि बढ्याे


0
Shares

काठमाडाैं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य बढ्ने क्रम जारी रहेकाे छ।

बुधबार तोलामा पाँच हजार चार सय रूपैयाँले बढेको सुनको मूल्य बिहीबार प्रतितोला तीन सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ९१ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बुधबार तोलामा चार हजार चार सय ८० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी बिहीबार चार हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा बिहीबार प्रतितोला २५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार एक सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।