Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


गणतन्त्रका उपलब्धिविरूद्ध प्रतिक्रान्तिको हावा चलेको नेकपाका संयाेजक दाहालकाे तर्क


52
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको बताउनुभएकाे छ।

पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले बिहीबार चम्पादेवीमा आयोजना गरेको ४८औं पुष्पलाल स्मृति दिवस कार्यक्रममा बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले प्रतिक्रान्तिविरुद्ध नयाँ अभियान चलाउन संकल्पको रुपमा लिनुपर्ने समेत बताउनुभयाे ।

उहाँले भन्नुभयाे,- ‘देशमा जुन प्रतिक्रान्तिको हावा चलिराखेको छ । जसले गणतन्त्रका उपलब्धिमाथि या कमरेड पुष्पलालको शिक्षा अनुसार भएका परिवर्तनमाथि हमला गरेको छ । त्यसका विरुद्ध फेरि एउटा नयाँ अभियान सञ्चालन गर्ने संकल्पको दिनको रुपमा रहेको छ । वैचारिक र राजनीतिक रुपमा पुष्पलालले विचार निमार्णमा धेरै मेहनत गर्नुभएको छ । सामन्तवाद र साम्राज्यवादको विरुद्ध वैचारिक हतियार निर्माणको निम्ति उहाँको ठूलो योगदान रहेको छ ।’

नेकपाको आवश्यकता महसुस गरी वैचारिक राजनीतिक आधार खडा गर्ने कष्ट साध्यको जिम्मा पुष्पलालले लिएकाे संयोजक पुष्पकमल दाहालले स्पष्ट पार्नुभयाे।