
संयुक्तरुपमा रुसी जासुसी अधिकारीहरुलाई देश निकाला गरिएको यो इतिहासमै ठूलो घटना हो ।
बेलायतसँग मिलेर २० भन्दा बढी मुलुकले १०० भन्दा बढी रुसी कूटनीतिक कर्मचारी निकाला गर्दैछन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ६० जना रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश दिएका छन् । साथै, सियाटलमा रहेको रुसी महावाणिज्यदूतावासको कार्यालय पनि बन्द गर्न अमेरिकाले भनेको छ ।
क्यानडा, जर्मनी, फ्रान्स, युक्रेन तथा अरु युरोपेली राष्ट्रले पनि त्यस्तै कदम चाल्दै रुसी कूटनीतिज्ञलाई निष्कासन गरेका छन् ।
गत मार्च ४ मा दक्षिणी इंग्ल्यान्डको सोल्जबरीमा पूर्वरुसी गुप्तचर सेर्गेइ स्क्रीपाल र उनकी छोरी युलियामाथि स्नायु प्रणालीमा असर पर्ने रासायानिक आक्रमण रुसले गराएकोमा इयू राष्ट्रहरु एकमत छन् । रुसले भने सो आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।
अस्पतालमा उपचाररत् स्क्रीपाल र युलियाको अवस्था गम्भीर छ ।
युक्रेनले पनि १३ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।
बेलायतले यो महिनाको सुरुमै २३ जना रुसी कूटनीतिज्ञ देश निकाला गरिसकेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्