
अचानक चीनको बेइजिङ पुगेका वरिष्ठ उत्तर कोरियाली अधिकारी नै किम रहेको जापान र दक्षिण कोरियाले पुष्टि गर्ने प्रयास गरेका छन् ।
जापानी सन्चारमाध्यमहरुले उत्तर कोरियाको कूटनीतिक रेलमार्फत् उच्च उत्तर कोरियाली नेतृत्व बेइजिङ पुगेको र यसक्रममा उच्च सुरक्षा सतर्कता अपनाइएको उल्लेख गरेका छन् ।
यस्तो तहको सुरक्षा व्यवस्था कुनै महत्वपूर्ण मानिसका लागिमात्र व्यवस्था हुने गरेको ‘साउथ चाइना मर्निङ पोस्ट’ले जनाएको छ ।
टोकियो ‘बेस’को ‘निप्पोन न्यूज नेटवर्क’ले किमका बुवा किम जोङ इलले चीन भ्रमण गर्दाको अवस्थासँग दाँज्दै उत्तर कोरियाली रेलको तस्वीर सार्वजनिक गरेको छ । सो भ्रमण सकिएपछिमात्र किम जोङ इलको भ्रमणको पुष्टि भएको थियो ।
अमेरिकी सन्चारमाध्यम ‘ब्लूमबर्ग’ले पनि बेइजिङ जाने किम नै भएको जनाएको छ ।
दक्षिण कोरियाले भने उत्तर कोरियाली अधिकारीको पहिचान हुन नसकेपछि सावधानीपूर्वक अवस्थालाई नियालिरहेको जनाएको छ ।
यदि बेइजिङ पुग्ने किम नै हुन् भने सन् २०११ मा सत्तामा आएपछि यो उनको पहिलो विदेश भ्रमण हुनेछ ।
उत्तर कोरिया र चीन भने यस विषयमा अहिलेसम्म मौन छन् । चीन उत्तर कोरियाको प्रमुख साझेदार हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्