
दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिका–३, बाम्राङस्थित ससुराली घरमा बस्दै आएका हलेसी–तुवाचुङ नगरपालिका–१० का ६० वर्षीय मकरध्वज राईले ५० वर्षीया श्रीमती आइसरी राईको हत्या गरेका हुन् ।
घरायसी विवादमा सोमबार साँझ श्रीमान्–श्रीमतीबीच झगडा हुँदा श्रीमान्ले हानेको बाँसको भाटाले लागेर श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।
‘श्रीमतीले मादकपदार्थ सेवन गरेकी रहेछन्’–उनले भने–‘मातेको झोंकमा श्रीमान्माथि जाइलाग्दा श्रीमान्ले बाँसको भाटाले हान्दा उनको मृत्यु भएको खुल्न आएको छ ।’
घटनालगत्तै श्रीमान् मकरध्वजलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
मृत आइसरीको शव परीक्षणका लागि राति नै जिल्ला अस्पताल दिक्तेल पुर्याइएको आफन्तले जनाएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्