
चितवन, चैत १३ । चितवनमा आज (मंगलबार)देखी एक्सपर्ट कलेज प्रिमियर लिग टि–ट्वान्टी क्रिकेट २०१८ सुरु भएको छ ।
नेपालय इन्टरनेशनलको आयोजना नारायणगढस्थित क्याम्पाचौरमा प्रतियोगिता सुरु भएको हो ।
आज पहिलो दिन दुई खेल भएका छन् । पहिलो खेलमा बालकुमारी कलेज नारायणगढ १७ रनले विजयी भएको छ ।
टस हारेर पहिले व्याटिङ गरेको बालकुमारीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन जोडेको थियो ।
उसका लागि निसब तिमिल्सिनाले ४७ र कप्तान दानिस इकबालले १८ रन बनाए ।
१४० रनको लक्ष्य पछ्याएको अक्सफोर्ड कलेज गैंडाकोट निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १२२ रन मात्रै जोड्न सक्यो ।
अक्सफोर्डका लागि अविशेक बस्नेतले ३१ र राम कार्कीले २७ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले उल्लेखीय प्रदर्शन गर्न सकेनन् ।
खेलमा अर्धशतक नजिक पुगेका बालकुमारीका निसब तिमिल्सिना म्यान अफ दि म्याच घोषित भए ।
उनलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस नारायणगढका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले ट्रफी प्रदान गरे ।
यस्तै मंगलबारको दोस्रो खेलमा प्रेसिडेन्सी कलेज भरतपुर ७ विकेटले विजयी भएको छ ।
नमुना साइन्स कलेज गैंडाकोटले दिएको १४७ रनको लक्ष्य प्रेसिडेन्सीले १० बल बाँकी छदै लक्ष्य भेट्टायो । उसका लागि पवन तिमिल्सिनाले ९२ रनको नटआउट पारी खेले ।
उनी म्यान अफ दि म्याच समेत घोषित भए । यसअघि टर हारेर पहिले व्याटिङ गरेको नमुना साइन्स कलेजले निर्धारित १५ ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको थियो ।
उसका लागि रन्जन लामिछानेले अर्धशतकीय पारी खेल्दै ५६ रन बनाए भने विज्ञान गौतमले २७ रन बनाए ।
प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेटका म्यानेजिङ डाईरेक्टर सुवास प्रधानले जानकारी दिए ।
प्रतियोगिताका विजेताले क्षेत्रीय प्रतियोगिता खेल्न पाउनुको साथै प्रत्येक खेलाडीले ड्युज व्याट, ट्रफी र मेडल प्राप्त गर्ने र उपविजेताले चार वटा ड्युज व्याट, ट्रफी र मेडल प्राप्त गर्ने प्रधानले बताए ।
प्रतिक्रिया दिनुहोस्