१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


धान दाउनेक्रममा थ्रेसरमा परी बालिकाको मृत्यु


0
Shares

लमही, मंसिर ८ । दाङमा धान दाउनेक्रममा थ्रेसरमा परी एक बालिकाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१६, मज्गैका शोमराज चौधरीकी ६ वर्षीया छोरी बिपनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेमबहादुर शाहीकाअनुसार आफ्नै खेतको धान दाउनेक्रममा मसिनमा परेर गम्भीर घाइते बिपनाको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

थ्रेसरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस