२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बल टेम्परिङको आरोप लागेका अष्ट्रेलियाका तीन क्रिकेट खेलाडी देश फिर्ता


0
Shares

काठमाडौं, चैत १४ । बल टेम्परिङको आरोप लागेका अष्ट्रेलियाका तीन क्रिकेट खेलाडीलाई दक्षिण अफ्रिकाबाट देश फर्काइएको छ ।

केप टाउनमा तेस्रो टेष्ट म्याचको दौरान क्यामरन बैंङ्करफ्टले बल टेम्पिरिङ गरेको पुष्टी भएपछि अष्ट्रेलियन क्रिकेट विवादमा तानिएको थियो ।

भिडियो फुटेजमा बैंङ्करफ्टले बल टेम्परिङ अर्थात नियतवश बल बिगारेको देखिएपछि यो प्रकरण बाहिर आएको हो ।

टोलीका कप्तान स्टीभ स्मिथ र उपकप्तान डेभिड वार्नरसमेत यस विषयमा जानकार रहेको सार्वजनिक भएपछि तिनै जनालाई कारावही थालिएको छ ।

तत्कालका लागि कप्तान स्मिथ र उपकप्तान वार्नरको जिम्मेवारी खोसिएको छ ।

उनीहरु तीनै जनालाई दक्षिण अफ्रिकामा जारी श्रृंखलाको बीचमै देश फर्काईएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी र अष्ट्रेलियन क्रिकेट बोर्डले आवश्यक छानविनपछि उनीहरुलाई थप कारवाही गर्ने बताएका छन् ।