१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अन्तरिक्ष केन्द्रमा रहेको चीनको भग्नावशेषहरु पृथ्वीमा खस्न सक्ने


0
Shares

काठमाडौं, चैत १४ । अन्तरिक्ष केन्द्रमा रहेको चीनको भग्नावशेषहरु कुनै पनि बेला पृथ्वीमा खस्न सक्ने चेतावनी बैज्ञानिकहरुले दिएका छन् ।

द तियांयोग १ नामको चीनको अन्तरिक्ष कार्यक्रमअन्तर्गत स्पेस स्टेशनमा रहेका भग्नावशेषहरु यही ३० मार्चदेखि २ अप्रिलको बीचमा पृथ्वीमा खस्न सक्ने चेतावनी दिइएको हो ।

सन् २०११ मा अन्तरिक्षमा पठाएको उक्त स्पेशको सन् २०१६ मा सम्पर्क टुटेपछि अन्तरिक्ष केन्द्रमा रहेका भग्नावशेषहरु नष्ट नभएका कारण पृथ्वीमा खस्न सक्ने चेतावनी दिइएको हो ।

पृथ्वीको भूमध्य रेखाको ४३ डिग्री उत्तरदेखि ४३ डिग्री दक्षिणमा यसको भग्नावशेष खस्न सक्ने द यूरोपियन स्पेस एजेन्सीले जनाएको छ ।

यसका बारेमा लगातार सूचना प्रशारित गरिरहेको एजेन्सीले ३० मार्चबाट यसको भग्नावशेष वायुमण्डलमा प्रवेश गर्नसक्ने जनाएको हो ।

सन् २०२२ मा अन्तरिक्षमा मानव स्टेशन स्थापित गर्ने लक्ष्यको यो पहिलो चरण पनि मानिएको थियो ।

धेरैजसो भग्नावशेषहरु अन्तरिक्षमै जलेर भष्म हुने भएपनि कहिलेकाहीं भने केही टुक्रा नजलिकनै पृथ्वीमा खस्ने गरेको वैज्ञानिक बताउँछन् ।

चीनले सन् २०१६ मा तियांयोगसँग सम्पर्क विच्छेद भएको र नियन्त्रण गर्न सक्षम नरहेको जनाएको थियो । (एजेन्सी)