
तर सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले सिक्किमबाट नेपालले प्रशस्त कुरा सिक्न सक्ने बताएका छन् । उनले सिक्किमको विकास नेपालका लागि अनुकरणीय हुने बताए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा आयोजित दुई दिवसीय तृतीय अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चाम्लिङले विश्वका कुना–कुनामा नेपाली समुदाय पाइने चर्चा गरे । कयौं विषयमा विभिन्न समुदायमा स्वाभिमान नरहेका कारण अस्तित्व नै संकटमा परेको उनले बताए । नेपालमा समेत स्वाभिमानको संकट देखिएको मुख्यमन्त्री चाम्लिङको भनाइ थियो ।
उनले भने, ‘त्यहाँ बौद्धिक, आर्थिक, संवैधानिक, मानवअधिकार र जन्मसिद्ध अधिकारको स्वतन्त्रतामा प्रश्न उठ्ने गरेको छ ।’
उनले नेपाल अझै उपभोक्ता राष्ट्रका रुपमा रहेको बताए । तर सिक्किम यी मानकहरुमा नेपालभन्दा धेरै अगाडि रहेको उनको भनाइ थियो ।
एक भारतीय अखबारको अनलाइन संस्करणमा प्रकाशित समाचार
उनले भने, ‘यस्ता मानकमा सिक्किम स्वतन्त्र र समृद्ध छ, त्यसैले राज्यको विकास राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कोसे ढुंगा बनेको छ ।’
उनले नेपाली समुदायलाई ‘वीर जाति’ (गोर्खाली) को पहिचान परिवर्तन गरी वर्तमान आवश्यकताअनुसार वैचारिक परिवर्तन ल्याउने तथा ज्ञान एवं विज्ञानलाई मुख्य अस्त्रका रुपमा प्रयोग गर्नुपर्ने आवश्यकतामा जोडसमेत दिए ।
प्रतिक्रिया दिनुहोस्