२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


विन म्यानमारको नयाँ राष्ट्रपति


0
Shares

सन् २०१२ देखि तल्लो सदनको सभामुख रहेका यिन्ट नेत्री आङ साङ सुचीका निकट सहयोगी मानिन्छन् ।

सुचीले नै राष्ट्रपतिसरहको काम गदै आएकाले विन आलंकारिक राष्ट्रपतिमात्र रहनेछन् ।

६६ वर्षीय विन केही दिन अघिमात्र उपराष्ट्रपति बनेका थिए । उनी लामो समयदेखि सुचीको नेसनल लीग फर डेमोक्रेसी पार्टीको सदस्य थिए ।

स्वास्थ्यको कारण देखाउँदै यसअघिका राष्ट्रपति उ तिन कायले गत हप्ता पदबाट राजीनामा दिएपछि तीनजना उपराष्ट्रपतिहरुमध्येबाट नयाँ राष्ट्रपति चुनिएको हो । (एजेन्सी)