१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मापसे गरेका वडाध्यक्ष कार्यालयबाटै पक्राउ


0
Shares

अभियुक्त वडाध्यक्ष न्यौपानेलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले बताए ।

पटक–पटक मापसे गरी कार्यालयमा आउने गरेका वडाध्यक्ष न्यौपानेलाई बुधबार दिउँसो सेवाग्राहीले नियन्त्रणमा लिइ प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उनलाई कार्यालयबाटै पक्राउ गरेको थियो ।

मेची आम्दा अस्पताल धुलाबारीमा जाँच गर्दा वडाध्यक्षले मापसे गरेको पुष्टि भएको थियो ।

न्यौपाने नेकपा एमालेका तर्फबाट उम्मेदवार भइ वडाध्यक्षमा निर्वाचित भएका थिए । रासस