
नेपालमा पाइने सबै प्रकारको सिमेन्ट उत्पादन गरी उपभोक्ताको विश्वास जितेको दाबी गर्ने उद्योगले उपभोक्ताको मागलाई मध्यनजर गर्दे आफ्नो उत्पादनलाई अझ विस्तार गरेको हो ।
विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप गुणस्तरीय बनाउने उद्देश्यले कम्पनीले विश्वकै उत्कृष्ट युरोपियन कम्पनीको अत्याधुनिक प्रविधि भीआरएम जडान गरी उत्पादन सुचारु गरेको जनाएको हो ।
कम्पनीको वीरगन्जस्थित शुभश्री जगदम्बा सिमेन्ट मिल्स्मा यो प्रविधि जडान गरिएको हो ।
हालको उत्पादन ४५,००० बोरा प्रतिदिन रहेकामा भीआरएम प्रविधि जडानपश्चात् कम्पनीको उत्पादन करिब दोब्बरको हाराहारीमा पुग्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्