
अभियुक्तहरुमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा दरबन्दी भइ इलाका प्रहरीका कार्यालय बाबियाचौर, सुर्खेतमा कार्यरत् ट्राफिक प्रहरी जवान २८ वर्षीय हरि कोइराला, पञ्चपुरी नगरपालिका–८, बाँझीगाउँका २० वर्षीय लक्ष्मीप्रसाद बास्तोला र २८ वर्षीय खुमप्रसाद बास्तोला रहेको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
शंकाका आधारमा प्रहरीले अनुसन्धानका लागि मंगलबार यी तीनसहित ८ जनालाई लागि लगेको थियो ।
मंगलबार नै प्रहरीले घटनास्थलबाट यामाहा कम्पनीको भे६प ३४५१ नम्बरको मोटरसाइकल, पाँचथान मोबाइल, मोटरसाइकल चालक लक्ष्मीप्रसाद अधिकारीको रातो दाग लागेको सेतो कमिज, खैरो प्रकारको प्यान्ट्स र मृतकको चप्पल ‘दसी’कारुपमा बरामद गरेको थियो ।
त्यही दसीका आधारमा ट्राफिक प्रहरी कोइराला र बास्तोला दाजुभाइमाथि प्रारम्भिक अनुसन्धान थालिएको प्रहरी उपरीक्षक चतुर्वेदीले जनाए ।
‘मोबाइलको कल रेकर्डले १२ गते राति १२ः०० बजेसम्म लक्ष्मीप्रसाद बास्तोला र गोरीकलाबीच फोन सम्पर्क भएको र त्यसपछि राति १ः१५ बजेतिर घटना भएको बुझाउँछ’–उनले भने ।
शव परीक्षण नभएकाले सबै कुरा अहिले भन्न नसकिने उनको भनाइ छ ।
प्रहरीकाअनुसार ट्राफिक प्रहरी कोइरालाले शारीरिक सम्बन्ध राख्नका लागि केटी मिलाइदिन आफूलाई आग्रह गरेकाले गोरीकलालाई भेटाइदिएको बयान लक्ष्मीप्रसादले दिएका छन् ।
त्यसपछि उनीहरू जंगलमा गएर मदिरा खाएको र फर्कनेक्रममा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएपछि उनकै डेरामा लिएर छाड्दा मृत्यु भएको भन्ने बयान दिएको बताइएको छ ।
मृतकका बुवा कालो रोकायले कर्तव्य ज्यान र जबर्जस्ती करणीको जाहेरी निवेदन दिएका छन् । सोहीअनुसार आरोपितहरूमाथि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
पञ्चपुरी नगरपालिका–३, चौरगाउँ निवासी रोकाया यही चैत ८ गतेदेखि पञ्चपुरी–५ का मीनबहादुर रावलको घरमा डेरा लिएर बस्दै आएकी थिइन् ।
सूर्यप्रकाश मावि पलैंटेमा अध्ययनरत् रोकायको शव परीक्षणका लागि क्षेत्रीय अस्पताल सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्