Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


गलत सूचना दिंनेलाई १ लाख रुपैंयाँ जरीवाना र ६ महिना कैद


0
Shares

काठमाडौं, चैत १७ । विपदको बारेमा कहिलेकाहीं भ्रम छर्दा जनजीवन अस्तब्यस्त हुने गर्दछ ।

यसले समाजमा नकरात्मक असर पार्ने गरेको छ । अब कुनै विपतको घटनामा हुनक्ने अफवाह फैलाए १ लाख रुपैंयाँ जरीवानादेखि ६ महिनासम्म कैद सजाय हुने ब्यवस्था गरिएको छ ।

गृह मन्त्रालयले बनाएको ‘विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४’ले यस्तो कारवाहीको ब्यवस्था गरेको छ ।

राष्ट्रपतिबाट गत कार्तिक ५ गते प्रमाणीकरण भएको ऐनमा कसुर र सजाय तथा पुरस्कारको समेत व्यवस्था छ ।

परिच्छेद १० मा विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा, आफूखुशी वितरण गरेमा वा व्यक्तिगत लाभमा प्रयोग गरेमा, विपदको समयमाअप्राकृतिक रुपमा बजार मूल्य बृद्धि गरेमा वा कृत्रिम अभाव सिर्जना गरेमा वा गुणस्तरीय बस्तु तथा सेवाको कारोबार गरेमा पनि १ लाख रुपैंयाँ जरीवाना र २ बर्षसम्म कैद वा दुवै हुने उल्लेख छ । नेपाल समाचारपत्र दैनिकबाट