युवकको हत्या गर्ने निरमायालाई जन्मकैदको फैसला • Image Khabar Image Khabar


युवकको हत्या गर्ने निरमायालाई जन्मकैदको फैसला


Imagekhabar
१७ चैत्र २०७४, शनिबार ०९:४३

युवकको हत्या गर्ने निरमायालाई जन्मकैदको फैसला

तेह्रथुम, चैत १७ । छुरा प्रहार गरी युवकको हत्या गर्ने लालीगुराँस नगरपालिका–८, सोल्माकी ३५ वर्षीया ‘निरु’ भनिने नरमाया लिम्बुलाई जिल्ला अदालत सर्वस्व सहित जन्मकैदको फैसला गरेको छ ।

लिम्बुलाई गत भदौ २८ गते राति छिमेकी २१ वर्षीय अनिल भुजेलको हत्या गरेको आरोपमा असोज २ गते प्रहरीले पक्राउ गरेको थियो ।

लिम्बुलाई जिल्ला न्यायधिश नारायणप्रसाद पराजुलीको एकल इजलासले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको हो । कक्षा १२ मा पढ्दै गरेका भुजेल गत भदौ २८ गते साँझ निरुको रक्सी पसलमा गएका थिए ।

सोही राति करिब ९ बजे लिम्बुले भुजेलले आत्महत्या गरेको भन्दै गाउँका अन्य छिमेकी र भुजेलको परिवारलाई खबर गरेकी थिइन् ।

लिम्बु विरुद्ध अनिलका बुवा रुद्रबहादुर भुजेलले असोज २ गते जिल्ला प्रहरी कार्यालय तेह्रथुममा उजुरी दिएका थिए ।

अभियुक्त लिम्बुका श्रीमान् रोजगारीका लागि विदेशमा छन् । उनका एक जना छोरा छन् ।

श्रीमान् विदेशमा भएका बेला भुजेलसँग पटक–पटक यौन सम्पर्क भएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्